सूर्य: शौर्यमथेन्दुरुच्चपदवीम् सन्मंगलम् मंगल:
सदबुद्धिश्च बुधो गुरुश्च गुरुताम् शुक्र: सुखम् शं शनि ।
राहुर्बाहुबलम् करोतु सततम्, केतु: कुलस्योन्नतिम्
नित्यम् प्रीतिकरा भवन्तु मम ते सर्वेSनुकूला ग्रहा: ॥
• सूर्य:- कश्यप ऋषिका अदिति नामक पत्नीबाट सूर्यदेव जन्मनु भएकाले काश्यप गोत्रका रातो वर्णका मानिनु हुन्छ । सूर्यका दाहिनेतिर संधै भगवान शंकर विराजमान हुनुहुन्छ भने देब्रेतिर अग्नि देवता हुनुहुन्छ । संसार र संसारमा भएका सबै चराचर प्राणीहरुको आत्मा मानिनु हुन्छ सूर्यदेव । उनै सूर्यदेवले मभित्र सौर्य अर्थात् पराक्रम प्रभाव बढ़ाउन । आत्मबल मनोबल बढ़ाउन ।
• चन्द्रमा- अत्रि ऋषिका सन्तान आत्रेय गोत्रका श्वेत वर्णका चन्द्रमाको दाहिनेतिर पार्वती आमा हुनुहुन्छ भने देब्रेतिर पानी रहेको छ । चन्द्रमाले मातृसुख उच्च पद प्रतिष्ठा र सबल मानसिक स्वास्थ्य दिउन ।
• भारद्वाज गोत्रका मंगल ग्रह रातो वर्णका छन । दाहिनेतिर कार्तिकेय र देव्रेतिर पृथ्वी विराजमान छन । स्वस्थ बलिष्ठ शरीर एवं भूमि राज्य आदि सहित मंगल ग्रहले मंगल प्रदान गरुन ।
• चन्द्रमाका पुत्र आत्रेय गोत्रका बुध ग्रहको दाहिने र देव्रे दुवैतिर नारायण विराजमान हुनुहुन्छ । बुधले राम्रो शिक्षा बुद्धि बाणी मित्र सुख दिउन ।
• आङगिरस गोत्रका पहेंलो वर्णका वृहस्पतिका दाहिनेतिर ब्रह्मा र देव्रेतिर इन्द्र विराजमान छन । देवगुरु वृहस्पतिले सुख शान्ति सन्तान सम्पत्ति आदिले गरूङगो बनाउन ।
• भार्गव गोत्रका शुक्लवर्णका शुक्रको दाहिनेतिर इन्द्र र देव्रेतिर इन्द्राणी विराजमान छन । शुक्रले पत्नी पार्टनर व्यापार गाड़ी गहना आदि सुख दिउन ।
• कश्यप गोत्रका सूर्यपुत्र शनि कालो वर्णका छन । शनिको दाहिनेतिर उनका दाजु यमराज र देव्रेतिर प्रजापति विराजमान छन । शनिले सबैखाले दुःखबाट बचाएर कल्याण गरून ।
• पैठीनस गोत्रका कृष्णवर्णका राहुको दाहिनेतिर काल र देव्रेतिर सर्प विद्यमान छन । राहुले बाहुबल बढ़ाउन ।
• जैमिनी गोत्रका धूवाँ वर्णका केतुको दाहिनेतिर चित्रगुप्त र देव्रेतिर ब्रह्माजी विद्यमान हुनुहुन्छ । केतुले सन्तान सुख आदि द्वारा कुलको उन्नति गरून । मेरा लागि यी सबै ग्रह खुसी दिने बनून । मेरा लागि यी सबै ग्रह संधै अनुकूल होउन ।
ब्रह्मा मुरारिस्त्रिपुरान्तकारी भानु शशि: भूमिसुतो बुधश्च ।
गुरुश्च शुक्र: शनि राहु केतव: सर्वे ग्रहा शान्तिकरा भवन्तु ॥
ब्रह्मा विष्णु महेश्वर आदि प्रधान देवताले शान्ति प्रदान गरून । सूर्य चन्द्रमा मंगल बुध वृहस्पति शुक्र शनि राहु केतु यी सबै ग्रहले हामीलाई संधै सुख शान्ति प्रदान गरून ।