सम्पादकीय
।। हरिॐ ।।
सूर्यदेव ! उदाए सि, अँध्यारो नै हराउँछ ।
ज्ञानालोक भए जीव, ईश्वरै कहलाउँछ ।।
प्रिय आत्मन् !
प्रकृतिले हामीलाई बहिर्मुखी बनाएको छ । अन्तर्मुखी हुन अन्तर्दृष्टि त छ तर प्रायः यसको उपयोग गरिंदैन । जान्नैपर्ने असली वस्तु हामीभित्रै छ । अजर अमर आत्माको अनन्त यात्रा र वर्तमानको वस्तुस्थिति जान्न बुझ्न अन्तर्मुखी हुनैपर्छ । अन्तस्तलका हरेक वस्तुको परिचय उपयोगिता र महत्त्व प्रकाशन गर्ने शास्त्र नै अध्यात्म-विज्ञान हो ।
परम आनन्द स्वरूप परमात्माकै अभिन्न अंश हो जीवात्मा । पानी समुद्रतिर, आगो सूर्यतिर तानिए झैं जीवात्मा पनि आफ्नो केन्द्र स्वरूप परमात्मातिरको अनन्त यात्रामा हिंडिरहेको छ । लामो यात्रामा अनेक तरहका सवारी साधनहरुको प्रयोग गरिए झैँ जीवात्माले पनि अनेक शरीरहरुको प्रयोग गरी यात्रा सम्पादन गर्दछ । परमात्मा प्राप्तिको यो अनन्त यात्रामा प्रयोग हुने अनेक शरीरहरु मध्ये मानव शरीर सर्वोत्कृष्ट मानिन्छ । त्यही भएर मानव भएका वेलामा पनि यो यात्रा सन्दर्भलाई बिर्सियो, यात्राले गति लिन सकेन, माया-मोहमा अल्झिएरै समय सकियो भने उसको महा-विनाश हुन्छ ।
हाम्रो महा-विनाश नहोस् भनेर सचेत हुँदै संसारका अनेक साना ठुला कामहरु सम्पादन गर्दा आफ्नो असली लक्ष्यमा ध्यान भइरहन पर्छ । लक्ष्य स्पष्ट भएन भने पनि हामी बर्बाद हुनसक्छौं । जानेर वा नजानेर, मानेर वा नमानेर होस हामी सबैको एकमात्र लक्ष्य परम-आनन्दको प्राप्ति नै हो । यसै वास्तविकतालाई बुझेर हाम्रा पूर्वज ऋषि महर्षिहरुले वेद उपनिषद् आदि शास्त्रका माध्यमबाट हामीलाई पथ-प्रदर्शन गरेका छन् । जस्तै –
वेदाहमेतं पुरुषं महान्तम् आदित्यवर्णं तमस: परस्तात् । तमेव विदित्त्वा अतिमृत्युमेति नान्य:पन्था विद्यतेSयनाय ।।
श्वेताश्वतरोपनिषद
परमात्माको साक्षात्कार गरेका कुनै ऋषिले भन्दैछन्~
सबैप्रकारको अन्धकारभन्दा पर सूर्यसरि चम्किलो त्यो महान् ईश्वरलाई मैले देखें,जानें, उसैलाई जानेरमात्र जन्म र मृत्युको चक्रबाट मुक्त भइन्छ, मुक्त हुने अर्को बाटो छैन, आदि ।
ग्लोवलाइजेशनले संसारका धेरै भाषा संस्कृति प्रभावित भए झैं हाम्रो भाषा संस्कृति पनि नराम्ररी प्रभावित भएको छ । यसको प्रभाव बढ्दै जाँदा ती शास्त्रीय ज्ञानहरुबाट हाम्रो पहुँच हराँउदै गएको छ । हुँदा हुँदा अब त अंग्रेजी शिक्षा र सभ्यतामात्रै सबथोक हो, अरु सब केही नि हैनन् भन्ने खालको भ्रमपूर्ण वातावरण बन्दै जाँदैछ । यसरी हाम्रो भाषा धर्म संस्कृति र मौलिकता नै लोप हुने स्थितिमा आइ पुगेको छ ।
वेद उपनिषदबाट यूरोप र अमेरिकाका प्रोफेसर म्याक्समूलर आदि थुप्रै विद्वानहरुले जीवात्मा र परमात्मा सम्बन्धि चेतना प्राप्त गरे । यसकै बलमा आफू र आफ्नो समाजको कल्याण गरिरहेका छन् । तर हामी हिन्दू बत्तीमुनि अँध्यारो भने झैँ यसको दिव्य उज्यालोबाट वञ्चित हुँदै क्रमशः महा-विनाशतिर धकेलिँदै छौं । यो दुर्दान्त अवस्थाको बोध गरेर आजका नयाँ पुस्तालाई सहज र सरल हुने गरि जटिल मानिने संस्कृत भाषाको न्युनतम प्रयोग गर्दै जीवात्मा र परमात्माको बोध गराउन, आफ्नो काम र कर्तव्यबोध गराउन, महा-विनाशबाट जोगाउन, आत्मा परमात्मा सम्बन्धि ज्ञानको अभावले किं कर्तव्य विमूढ भएकालाई अमृत सेचन गरि अमरतातिर डोर्याउन, हाम्रो धर्म-संस्कृतिको प्रचार प्रसार गर्न अध्यात्म-विज्ञानको लेखन सम्पादन प्रकाशन र वितरणको शुभारम्भ गरिएको छ ।
हुन त, बजारमा वेद, उपनिषद् आदि सबै शास्त्रहरु उपलव्ध छन् तर पनि ती नेपाली भाषामा छैनन्, भएका पनि सहज र सरल छैनन् । अनुवाद या व्याख्या प्रामाणिक छैनन् या त संस्कृत र नेपाली दुबैमा भारी कलेवरका छन् । वेदको अनुवाद गर्ने तिलक लुइँटेल सरले वेदमा मात्र कलम चलाउनुभो । उपनिषदमा लेख्नेहरु त्यसैमा सीमित देखिए । पातञ्जल योग-सूत्रमा त चूडानाथ भट्टरायको षड्दर्शनमा बाहेक अरु कतै कसैको व्याख्या भेटिएन । भक्ति-दर्शनमा नरनाथ अधिकारीको भक्ति-दर्शन नामक कृति भक्तिमा सीमित पाइयो । प्राय: सबै आधा अधूरा देखिए ।
जिज्ञासु पाठकलाई पूर्ण अध्यात्म-बोध गराउन सक्ने स-शक्त शास्त्रको अभाव भएकाले अध्यात्म-विज्ञानको अवतार हुनपुगेको कुरा धर्मप्रेमी पाठकवृन्दमा जानकारी गराउन चाहन्छौं ।
यसमा हिन्दु वैदिक सनातन धर्म संस्कृतिको परिचय उद्देश्य महत्त्व सहित नारद भक्ति-सूत्रको सहज सरल व्याख्या छ जसबाट पाठकले आयातित विचार बिनाको शुद्ध भक्ति तत्त्वलाई बुझ्न पाउँछ । आजको संसारमा सर्वाधिक रूचाइएको योग दर्शनको मूल ग्रन्थ पतञ्जलिको योग-सूत्रको अत्यन्तै सरल र संक्षिप्त व्याख्यानले सजिएको छ । योग विद्याको महत्त्व र साधना विधिको अत्यन्त सुन्दर र अनुभूतिमा आधारित निबन्धहरु छन् । ज्ञान-योगको खानी उपनिषदहरुलाई नेपालीमा पूर्ण र प्रामाणिक व्याख्या यहाँ जसरी प्रस्तुत गरिएको छ त्यो अन्त कतै देख्न पाइदैन । द्वैत दर्शन र अद्वैत दर्शनले देखाउने मोक्षका दुबै मार्ग यसले स्पष्ट पारेको छ । कुन बाटो हिडने हो आफै छनौट गर्नुस् । पाठकलाई स्वतन्त्रतापूर्वक पथ चयन गर्न दिने यसप्रकारको नेपाली ग्रन्थ अरु छैनन् ।
धर्म-समाजमा तीन तरहका पाठकहरु पाइन्छन् ।
१. बौद्धिकरूपले सम्पन्न, २. सामान्य जिज्ञासु, ३. बाल-बुद्धिमान् । प्रथम र तृतीय वर्गका पाठकका लागि यो सामग्री उति उपयोगी नहुन सक्छ, तर द्वितीय वर्गका पाठकहरुका लागि यो सर्वाधिक उपयोगी ठहर्छ भन्नेमा हामी विश्वस्त छौं ।
अन्तस्तलका विषय जान्न बुझ्न कठिन हुन्छ तर असम्भव हुँदैन । विधि पुर्याएर अध्ययन गरेमा साधनाद्वारा राम्ररी जान्न बुझ्न सकिन्छ । आत्म-तत्त्वको परिचय, प्राप्त्युपाय, साधना विधि समेटेर सांगोपांग नेपालीमा लेखिएको यो नै अहिलेसम्मको अन्तिम र सर्वोत्कृष्ट शास्त्र हो भन्नेमा हामी सबैले गर्व महसुस गरेका छौं । अनिर्वचनीय अर्थात् भनेर नसकिने ईश्वरको बारेमा, पातञ्जल योग सूत्रमा कलम चलाउनु अत्यन्त कठिन काम हो, तर पनि गुरु-परम्पराबाट प्राप्त उनै परमेश्वरको कृपाबाट यो सम्भव भएको छ । विज्ञ पाठकसामु पुगेपछि यसमा भएका अव्याप्ति अतिव्याप्ति असम्भव आदि दोषहरु छर्लङ्ग हुनेछ र आगामी संस्करणमा परिष्कार सहित थप सुन्दरता लिएर उपस्थित हुँदै जानेमा विश्वस्त छु ।
यस महान् कार्यमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउने सबै प्रति म आभारी छु । भक्ति-दर्शनका प्रथम आचार्य देवर्षि नारद, योग-दर्शनका प्रथम आचार्य महर्षि पतञ्जलि, ज्ञान-योग दर्शनका प्रथम आचार्य महर्षि वेद-व्यास, विश्व-विख्यात भावातीत ध्यानका प्रवर्तक हाम्रा गुरुदेव महर्षि महेश योगी, सर्वतन्त्र-स्वतन्त्र पण्डितश्री पुरुषोत्तम त्रिपाठी, प्राध्यापक श्री मुरली मोहन वास्तोला, पितामह श्री चतुर्भुज पाठक, मातामह पण्डित श्रीनारायणदत्त भण्डारी, पिता-माताश्री टोपनाथ/प्रेमकला/पेमा पाठक, सबैमा श्रद्धा भक्तिपूर्वक अभिवादन अभिनन्दन अभिवन्दन ।
विवेकानन्द साहित्य, ( जसबाट मैले आध्यात्मिक सम्पोषण प्राप्त गरें ) प्रति म आभारी छु । गीताप्रेस गोरखपुर, नेपाल संस्कृत युनिवर्सिटी जस्ता अनेक संस्थाहरु प्रति पनि म उत्तिकै आभारी छु, जसले मेरो आध्यात्मिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरे । ग्रन्थ लेखन सम्पादनमा प्रेरित गर्नुहुने मित्र एवं नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. कुलप्रसाद कोइराला, शिक्षाध्यक्ष प्रा. रमेश ढकाल, कुलसचिव प्रा. कार्तिकेय झा, डा. विष्णु पोखरेल प्रति आभारी छु । उपनिषदको व्याख्या लेख्न प्रेरित गर्नु हुने आदरणीय काकाश्री रोमणिप्रसाद पाठक एवं सरदार राममणि आ. दी. का कान्छा सु-पुत्र कौस्तुभमणि श्री केशवमणि आचार्य दीक्षितप्रति म आभारी छु ।
कम्प्युटर मुद्रण एवं वितरण व्यवस्था मिलाउन र अनेक आवश्यक सहयोग गर्ने मेरी धर्मपत्नी श्रीमती जमुना रिजाल, पुत्ररत्न द्वय पार्थसारथि/परमार्थ पाठक, भतिज भूपाल सापकोटा, भाइ बालकृष्ण/ॐकृष्ण पाठक र शालिकराम भुसाललाई धेरै धन्यवाद एवं शुभाशीष ।
वितरण व्यवस्थापनमा सहयोगी मेरा हितैषी भाइहरु कपिलमणि/गणेश/युवराज/राजन/भूपराज/कृष्ण/जीवन/सूर्य/ध्रुव/शिव/शंकर/चक्रु/लीलामणि/किसु/ दीपक/शिव/ छवि/सुन्दर/बाबुराम/दीपक/गोपाल/अर्जुन/श्रीधर/दुर्गा/रमेश/गिरिराज/केशव पाठक, भाइ सुशील/सागर पङ्गेनी, युवराज/गङ्गाधर तिवारी, राज न्यौपाने, डोलराज/विष्णु/नारायण पाण्डे, तुलसी/मदन/विनोद/प्रमोद पाठक, दीपक भण्डारी, प्रदीप/प्रकाश/पवन डुम्रे, वेदप्रसाद पाण्डे, सूरज/राजेश पाठक आदि
काकाश्री डोलराज/गिरिराज/खेमराज/ठमप्रसाद/ईश्वरी /नरीश्वर/माधव/बुद्धिप्रसाद/पोमलाल/चण्डीप्रसाद/टीकाराम/ गङ्गा/नकुल/ईश्वरी /कृष्ण/ नीलकण्ठ/शिवलाल/खेम पाठक/लक्ष्मीडुम्रे /ध्रुब/छायादत्त/कृष्ण/मणि/प्रकाश/चूडामणि/गिरिराज डुम्रे, गोपाल पङ्गेनी/ युवराज/बालकृष्ण/नारायण/तीर्थ पङ्गेनी, रामप्रसाद/णप्रसाद/विश्वप्रेम/धर्मराज/तेजप्रसाद/नारायण/दीपक /रेशम/शशिधर पाठक आदि ।
मामाश्री ऋषिराम/भरत/लक्ष्मण/मोहनशरण/ईश्वरी/गोविन्द/केशव/मित्रलाल/ बालानन्द/ज्ञानेश्वर/डिल्ली/केशव/स्थानेश्वर भण्डारी, भूपराज अर्याल, तारा खरेल, दुर्गा/प्रेम/रामु/दधि खरेल, नन्दलाल/पूर्ण/प्रकाश/नेत्र खरेल, पदम न्यौपाने, भीमलाल/हरि/प्रेम न्यौपाने, राजकुमार पाण्डे, कौशलराज बस्याल, बाबुराम पन्त, आदि ।
दाजुहरुमा प्रा. डा. गणेशप्रसाद पाठक, प्रा. गङ्गा सापकोटा, मुक्तिप्रसाद/सागर/राम/ ज्ञानप्रसाद/रोमणी/तुलसी/ऋषि/टीका/नेत्र पाठक, अग्नि/कृष्ण/टीका/चन्नू भट्टराई, सूर्य/शेषनारायण/ शेषकान्त/ बलराम अर्याल,चूडामणि बस्याल, खगेन्द्र/लक्ष्मी/दीपेन्द्र/विश्व/धर्मराज/पीताम्बर पाठक आदि ।
दिदीबहिनीहरुमा हुमा/यमुना/रूपा/सीता/विष्णु/लक्ष्मी /गायत्री/शिवकला/इवकला/प्रेमा/सीता/लक्ष्मी /निर्मला/कमला/शोभा/उमादिदी/ डा. उमा बैनी /तुलसी/लक्ष्मी/शीला/सरिता कोइराला, देवी/सापकोटा, गङ्गा पाण्डे, आदि सबैलाई धन्यवाद ।
बुवा तुलसीराम/गायत्री रिजाल, दाजी गोपाल/कमल/रामप्रसाद/गोविन्द/गोकुल/ डा. बद्री/ दयाराम/ कल्याण/ कृष्ण/ प्रकाश/ सदानन्द/ नारायण/खगनाथ/खगेन्द्र/कमलनयन/देवराज/विष्णु रिजाल आदि सबैमा धन्यवाद ।
काम गर्दा हुने गर्छन्, कमी त्रुटि अनेकन ।
मूर्ख हाँस्तछ देखेर, मिलाइ लिन्छ सज्जन ।।
।। हरिॐ ।।